पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुुँदा ५४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ३०४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज थपिनेमा कास्कीका ११८, मुस्ताङका ४३, तनहुँका ३५, बाग्लुङका ३०, गोरखा, बाग्लुङ, नवलपरासी पूर्वका २६–२६, स्याङ्जाका १०, पर्वतका ४, म्याग्दीका ३ छन् ।
सोही अवधीमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणबाट प्रदेशभर ९१४ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म प्रदेशभर केरोा भाइरस संक्रमणबाट ५३ हजार ७०८ जनामा संक्रमण पुष्टि भएको छ । ४९ हजार ९११ जना कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







