पोखराको सडक पखाल्न र सफा गर्न महानगरले गाडी र ब्रुमर किन्ने


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिकाले सडक पखाल्न र सफा गर्नका लागि ब्रुमर खरिद गर्ने भएको छ । महानगरपालिकाले अस्फाल्ट प्रविधिबाट गरिएको पिच सडक पखाल्न मिल्ने कष्टमाइज गरिएको एक थान सवारी साधन र सोही सडक सफा गर्न १ थान ब्रुमर खरिद गर्ने जनाएको हो ।

महानगरको नवौं साधारण सभाको दोश्रो दिन बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले ब्रुमर र सवारी साधन खरिदका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।