फेवाताल वरीपरी पदमार्ग निर्माण गर्न डेढ करोड विनियोजन


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिकाले पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरी पदमार्ग निर्माण गर्ने भएको छ । महानगरपालिकाको नवौं नगरसभामा प्रस्तुत गरिएको बजेटमा फेवाताल वरिपरी पदमार्ग निर्माण गर्ने भन्दै त्यसका लागि १ करोड ५० लाख विनियोजन गरेको हो ।

महानगरले पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गर्ने भन्दै त्यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरेको बताएको छ ।

त्यस्तै, पोखराको पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।