तस्बीरः एसओएस बालग्राम गण्डकी
एसओएसको ३५ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित रक्तदानमा २६ युनिट रगत संकलन गरिएको छ।
एसओएस युवालय गण्डकी, रोटरी क्लव अफ पोखरा अन्नपूर्ण, रोट¥याक्ट क्लव अफ अन्नपूर्ण र माईनर युथ क्लवको संयुक्त आयोजनामा बिहीबार एसओएस वालग्राम गण्डकी पोखराको प्राङ्गणमा रक्तदानको आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं समाजसेवी शिबबहादुर बानियाले पहिलो रक्तदाता एसओएस युवालय गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदानको उद्घाटन गरेका थिए। रक्तदाता आचार्यले योसँगै ३० औं पटक रक्तदान गरिसकेका छन्।
सो अवसरमा प्रमुख अतिथि बानियाले एसओएसलाई नगद १ लाख रुपैयाँ समेत सहयोग गरे। एसओएस बालग्राम गण्डकीले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवनका लागि बानियाले रकम सहयोग गरेका हुन्।
एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठ र एसओएस युवालय गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्यलाई बानियाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।
थोरै रकम सहयोग गरेर भएपनि एसओएसको मानवीय सेवाप्रतिको सत्कार्यमा आफूपनि सहभागी भएको बानियाको भनाई थियो।
एसओएस युवालय गण्डकीका योजना निर्देशक आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक बाबुराम बरालले स्वागत र एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







