कोपा अमेरिका फुटबलः पाराग्वेद्वारा चिली पराजित


     एभरेस्ट आवाज    
     असार ११ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

कोपा अमेरिका कप फुटबलमा पाराग्वे विजयी बनेको छ।

आज (शुक्रबार) बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले हराएको हो।
पाराग्वेको जितमा सामु र मिगुएल अलमिरनल नायक बने।

खेलको ३३ औं मिनेटमा सामु र मिगुएल अलमिरनले ५८ औं मिनेटमा पेनाल्टीमार्फत एक एक गोल गरे।

चिलीमाथि पछिल्लो तीन खेलमा पाराग्वेको यो लगातार तेस्रो जित हो । यसअघि पाराग्वेले चिलीमाथि २०१६ र २०१७ मा जित निकालेको थियो । पाराग्वेसँग लगातार तेस्रो हारसँगै चिलीले अर्जेन्टिनालाई पछि पार्दै शीर्षस्थानमा उक्लने अवसर गुमायो ।

यो जितपछि पाराग्वे ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। चिली ५ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानको अर्जेन्टिनाको ७ अंक छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।