मुल्तान सुल्तान्सले पहिलोपटक जित्यो पाकिस्तान सुपर लिगको उपाधि


     एभरेस्ट आवाज    
     असार ११ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

पेशेवर जल्मीलाई ४७ रनले हराउँदै मुल्तान सुल्तान्सले पहिलो पटक पाकिस्तान सुपर लिगको उपाधि जितेको छ।

सोहेब मक्सुदले अविजित ६५ र रिली रोसोउले ५० रन बनाएपछि मुल्तान सुल्तान्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।

२०७ रनको लक्ष्य पछ्याएको पेशेवरले ९ विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो। पेशेवरका शोएब मलिकले सर्वाधिक ४८ रन बनाए।

मुल्तान सुल्तानका सोहिब मकसूद प्लेयर अफ द फाइनल र टुनामेन्ट घोषित भए । मकसूदले प्रतियोगिताभर १२ खेलमा ५ अर्धशतक सहित कुल ४ सय २८ रन जोडेका थिए । प्रतियोगिता उत्कृष्ट विकेटकिपर सुल्तानका कप्तान मोहम्मद रिजवान चुनिए । रिजवानले १२ खेलमा ५ सय रन जोेडेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।