चट्याङ लागेर स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु


     एभरेस्ट आवाज    
     असार ११ गते २०७८ मा प्रकाशित





स्याङ्जा । चट्याङ लागेर स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको शुक्रबार बिहान चट्याङ लागेर ज्यान गएकोे हो ।

घरमा सुतिरहेको बेला बिहान परेको चट्याङले लाग्दा रोहितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । रोहितले मोबाइल चार्जमा राखेर सुतेका थिए । चट्याङले मोबाइल जलेर फुटेको छ । मोवाइल जल्ने क्रममा करेन्ट लागेको हुन सक्ने प्रहरीको आँकलन छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।