पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो स्थापना दिवस अवसरमा शनिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
प्रमुख अतिथि पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता पाल्पाली समाज पोखराका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सहकारीले स्थापना दिवस अवसरमा हरेक वर्ष नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताए ।
पाल्पाली समाजका अध्यक्ष एवं सहकारीका सचिव रेशम रचक थापाले यो कार्यक्रमले कोरोना महामारीबीच रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन नदिन सघाउ पुग्ने बताए ।
कार्यक्रम संयोजक एवं समाजका प्रथम उपाध्यक्ष बालचन्द्र परियारले स्वागत मन्तव्यसहित कार्यक्रमबारे प्रकाश पारेका थिए भने संचालन सहकारी सहसचिव युमाया पचभैयाले गरेकी थिइन् ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ मूलमन्त्रका साथ पोखरा ९, नयाँबजारस्थित सहकारीको कार्यालय परिसरमा कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम भएको हो । सहकारीमा हाल करिब ४ सय जना शेयर सदस्य छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







