तस्बीरः एजेन्सी
डेनमार्कले युरो कप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
१० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम ८ मा पुगेको हो।
डेनमार्कका लागि कास्पर डोलवर्गले २ गोल गरे। जोकिम मेहेल र मार्टिन ब्रेथवेटले १÷१ गोल गरे।
डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र ४८ औं मिनेट व्यक्तिगत दोस्रो गोल गरेका थिए। ८८ औं मिनेटमा मेहेलले र इन्ज्युरी समयमा ब्रेथबेटले गोल गरे।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ।
शानदार जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो। पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो।
सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क समूह ‘बी’को तेस्रो स्थानमा रहँदै नकआउटमा आइपुगेको हो। डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







