फाइल तस्बीर
जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) २ खेलहरु हुँदैछन्।
युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति युरोपको २ छुट्टछुट्टै शहरमा २ खेलहरु हुनेछन्।
हंगेरीको पुस्कास एरिनामा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगलले आजको पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन्। नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।
त्यस्तै, स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२ः४५ बजे सुरु हुनेछ। यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







