एसियन च्याम्पियनसीप भलिबलका लागि खेलाडी छनौट समिति गठन


     एभरेस्ट आवाज    
     असार १३ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

एसियन महिला सिनियर च्याम्पियनसीप भलिबलको खेलाडी छनोटका लागि नेपाल भलिबल संघले खेलाडी छनौट समिति गठन गरेको छ।

संघले मनवीर छन्त्यालको संयोजकत्वमा खेलाडी छनौट समिति गठन गरेको हो।

छनौट समितिमा नेपाल भलिबल संघका सचिव छन्त्यालसहित केन्द्रीय सदस्य रीता कोइराला, ज्योती केसी, जुनु पुन, प्रमुख प्रशिक्षक प्रज्वलबहादुर सिंह, मुख्य प्रशिक्षक जगदिश भट्ट र सहायक प्रशिक्षक भरत यादव छन्।

यस समितिले अगष्टको २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा आयोजना हुने एसियन च्याम्पियनसीपका लागि प्रारम्भिक १८ सदस्यीय महिला भलिबल खेलाडीहरु छनोट गर्नेछ।

नेपालले पहिलो पटक एसियन महिला सिनियर च्याम्पियनसीप खेल्न लागेको हो। यस प्रतियोगिताका लागि नेपालले असार १ गतेबाट प्रशिक्षण सुरु गरिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।