तस्बीरः एजेन्सी
ब्राजिल र इक्वेडर कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
समूह चरणको अन्तिम खेलमा ब्राजिल र इक्वेडरले १÷१ गोलको बराबरी खेल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।
खेलमा ब्राजिलले सुरुवाती अग्रता भने जोगाउन सकेन। खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।
तर, खेलको ५३ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै बराबरी गरे। बराबरीसँगै समूह ’बी’ को समूह विजेता बन्दै ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनायो।
ब्राजिलको ४ खेलबाट १० अं छ। समान ४ खेल खेलेको इक्वेडर ३ अंक जोड्दै इक्वेडर पनि चौथो स्थानमा रहेर क्वार्टरफाइनलमा पुगेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







