दोस्रो टी–ट्वान्टीमा दक्षिण अफ्रिका विजयी


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

वेष्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ।

गएराती भएको खेलमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई १६ रनले हराएको हो।

१६७ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रनमा सिमित भएपछि दक्षिण अफ्रिका विजयी बन्यो।

यसअघि, पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज एक–एकको बराबरीमा ल्याएको छ। पहिलो टी–ट्वान्टीमा वेष्ट इन्डिज विजयी भएको थियो।

यसअघि, दक्षिण अफ्रिका भ्रमणमा रहेको वेस्टइन्डिजले पहिलो टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको थियो। शनिबार राति भएको खेलमा वेष्टइन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको थियो।

पाँच खेलको टी–२० सिरिजको पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो। जवाफमा वेष्टइन्डिजले ३० बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यसअघि, भएको दुई खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।