बुधबारदेखि मनसुन थप सक्रिय : भारी वर्षाकाे सम्भावना


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ। देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए ।

उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।