युरोकप फुटबलः स्पेनले पनि क्वार्टरफाइनलमा स्थान बनायो


     एभरेस्ट आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

स्पेनले पनि जारी युरोकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

गएराति कोपनहेगनमा भएको खेलमा ३ पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा पुगेको हो।

स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले १÷१ गोल गरे।

क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले १÷१ गोल गरे। क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो। खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए।

निर्धारित समय ३÷३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्न सफल बन्यो। योसँगै स्पेन क्वार्टरफाइनलमा पुगेको छ भने क्रोएसिया अन्तिम १६ बाट बाहिरिएको छ। अब, स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।