युरोकप फुटबलमा आज राउण्ड अफ १६ को अन्तिम २ खेल


     एभरेस्ट आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

जारी संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) अन्तिम १६ को २ अन्तिम खेल हुँदैछन्।

युरोपको विभिन्न शहरमा जारी युरोकपमा मंगलबार राति राउण्ड अफ १६ को अन्तिम २ खेलको समाप्तिसँगै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ।

आजको पहिलो खेलमा लण्डनस्थित वेम्बली स्टेडियममा राति ९ः४५ बजे इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा सुरु हुनेछ। स्कटल्याण्डको ह्याम्पडेनपार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।

इग्न्ल्यांडले समूह ’डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो। इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो। जर्मनीले समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। जर्मनीले ३ खेलबाट ५ अंक जोडेको थियो।

त्यस्तै, स्विडेन समूह ’ई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। स्विडेनले ३ खेलबाट ७ अंक जोडेको थियो। त्यस्तै, युक्रेन समूह ’सी’ बाट नकआउट चरणमा पुगेको हो। समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो । युक्रेनले ३ खेलबाट ३ अंक जोडेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।