तस्बीरः गुगलबाट
तीन सातापछि जापानको टोकियोमा सुरु हुने ओलम्पिक गेमका लागि नेपालबाट ५ खेलाडीले मात्रै खेल्नेछन्।
ओलम्पिकका लागि नेपाली खेलाडीहरुले थप वाइल्ड कार्ड नपाउने भएपछि ५ जना खेलाडीको मात्र टुंगो लागेको हो।
जुन २९ अर्थात् गत मंगलबारसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले वाइल्ड कार्ड पठाउने समयसीमा तोकेको थियो।
उक्त समयसीमामा थप नेपाली खेलाडीको निमन्त्रणा नआएपछि टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले मात्रै खेल्ने टुंगो लागेको हो।
ओलम्पिकमा पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्समा गोपिचन्द्र पार्की, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको हो। सुटिङकी कल्पना र जुडोकी सोनियाले वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन्।
आइओसीले नेपाली ५ खेलाडीलाई मात्रै छात्रवृत्ति पठाउने भनेर पत्र पठाएकाले त्यति नै संख्यामा मात्रै सहभािगता हुने टुंगो लागेको हो। ओलम्पिक तयारीका लागि आइओसीले सन् २०१९ को मे महिनादेखि ७ खेलका १२ खेलाडीलाई ओलम्पिक छात्रवृत्ति दिएको थियो। सोही अन्तर्गत प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न खेलाडीले मासिक ५ सय डलर छात्रवृत्ति प्राप्त गर्दै आएका थिए।
कोभिड महामारीका कारण एक वर्ष धकेलिएको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







