विम्बल्डन टेनिसः विश्व नम्बर एक बार्टी पनि दोस्रो चरणमा


     एभरेस्ट आवाज    
     असार १७ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

विश्व नम्बर एक अस्लेइग बार्टी पनि विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन्।

स्पेनकी कार्लो नाभारोलाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी दोस्रो चरणमा पुगेकी हुन्। बार्टीले नाभारोलाई ६–१, ६–७ (१–७) र ६–१ को सेटमा पराजित गरिन्।

चोटबाट मुक्त हुँदै बार्टी विम्बल्डनबाट फेरि कोर्टमा फर्किएकी हुन्। यस्तै, नाभारो क्यान्सरको उपचारपछि पहिलो पटक टेनिसमा फर्किएकी हुन्।

महिलातर्फनै पाँच पटकको च्याम्पियन भेनस विलियम्सले दोस्रो चरणमा स्थान बनाएकी छिन्। कारोलिना प्लिस्कोभा पनि दोस्रो चरणमा पुगेकी छिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।