युरोकप फुटबलः भाग्यमानी स्पेन सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     असार १९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै स्पेनले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा धकेलिएको थियो।

खेलको आठौं मिनेटमा स्वीट्जरल्यान्डका डेनिस जाकारियाले जोर्डी अल्बाको प्रहार रोक्ने क्रममा आत्मघाती गोल गरेपछि स्पेनले अग्रता लिएको थियो।

६८ औं मिनेटमा स्वीट्जरल्यान्डका कप्तान जद्रान शाकिरीले बराबरी गोल फर्काएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।