तस्बीरः एजेन्सी
पेरु कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ।
शनिबार बिहान भएको क्वाटरफाइनलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै पेरूले सेमिफाइनलमा स्थान बनाएको हो।
निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
निर्धारित समयमा पाराग्वेका लागि गुस्ताभो गोमेज, जुनियर एलोन्सो र गाब्रिएल एभालोसले गोल गरे भने गोमेजले आत्मघाती गोल गरे। पेरुका जिएन्लुका लापाडुला र योशिमार योतुनले गोल गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







