घरेलु ब्राजिल पनि कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     असार १९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

घरेलु ब्राजिलले पनि कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

शनिबार बिहान भएको दोस्रो क्वार्टरफाइनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम ४ मा पुगेको हो।

ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे। दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाइनल पुग्न निर्णायक बन्यो।

खेलको करिब ४० मिनेटको समय ब्राजिलले १० खेलाडीमा सिमिति बनेर खेलेको थियो । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिससले रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो। ब्राजिलले सेमिफाइनलमा पेरुसंग खेल्नेछ।

अब, कोपा अमेरिका कप फुटबलको अन्तिम २ क्वार्टरफाइनलको बाँकी खेलमध्ये उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडर भिड्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।