तस्बीरः एजेन्सी
श्रीलंका क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा खराब विश्व कीर्तिमान बनाएको छ।
गएराति इंग्ल्याण्डसँग ८ विकेटले पराजित भएसँगै श्रीलंकाले खराब विश्व रेकर्ड बनाएको हो।
श्रीलंकाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै खेल हार्ने टिमको विश्व कीर्तिमान बनाएको हो।
आफ्नो खराव कीर्तिमानसँगै श्रीलंकाले छिमेकी देश भारतको कीर्तिमान समेत भंग गरेको छ।
यसअघि, भारतीय टिम सबैभन्दा बढी एकदिवसीय खेल हार्ने टिमको शीर्ष स्थानमा थियो। तर, लगातार २ खेल हारेपछि सबैभन्दा धेरै खेल हार्ने कीर्तिमानमा श्रीलंकाको टिम शीर्षमा उक्लियो। श्रीलंकाले हालसम्म ४ सय २८ वानडे म्याच हारेको छ। योसँगै श्रीलंका एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी खेलहरू गुमाउने देश बनेको छ।
भारतीय टिम दोस्रो स्थानमा रहेको छ। उसले ४ सय २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हारेको छ। त्यस्तै, तेस्रो नम्बरमा रहेको अर्को एशियाली टोली पाकिस्तान हो। उसले ४ सय १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हारेको छ। चौथो स्थानमा रहेको वेष्टइण्डिजले ३ सय ८४ म्याच हारेको छ। पाँचौं स्थानमा जिम्वाब्वे रहेको छ। उसले हालसम्म ३ सय ७५ म्याचमा हार ब्यहोरेको छ।
विश्व क्रिकेटमा सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने टोली भारत हो। अहिलेसम्म ९ सय ९३ खेल खेलेको छ। यस सूचीको दोस्रो स्थानमा अष्ट्रेलिया छ। उसले अहिलेसम्म ९ सय ५५ म्याच खेलेको छ। तर, अष्ट्रेलियाको टिमले अहिलेसम्म ३ सय ३३ खेल मात्र गुमाएको छ। तेस्रो नम्बरमा सबैभन्दा बढी एकदिवसीय खेल खेल्ने टोली पाकिस्तान हो। उसले ९ सय ३३ खेल खेलेको छ। जसमा ४ सय १४ म्याच हारेको छ। श्रीलंकाले हालसम्म ८ सय ६० वानडे खेल खेल्दा ४ सय २८ खेल गुमाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







