विम्बल्डन टेनिसः जोकोभिच चौंथो चरणमा


     एभरेस्ट आवाज    
     असार १९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन्।

लण्डनमा शुक्रबार राति भएको खेलमा अमेरिकाका डेनिस कुड्लालाई पराजित गर्दै जोकोभिचले चौंथो चरणमा स्थान बनाएका हुन्।

विश्व नम्बर १ समेत रहेका सर्बियन जोकोभिचले डेनिसलाई ६–४,६–३ र ७–६ (९–७) को सेटमा पराजित गरे।

पाँच पटक च्याम्पियन बनेका जोकोभिचले अब चिलीका क्रिस्टियन गारिनसँग खेल्नेछन्। १९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए।

बेलायतका एन्डी मर्रे र डान इभान्स भने तेस्रो चरणबाट बाहिरिएका छन्। दुई पटकको च्यापियन मर्रेलाई डेनिस शापोभालोभले ६–४,६–२ र ६–२ ले पराजित गरे। इभान्सलाई सेबास्टियन कोर्डाले ६–३,३–६,६–३ र ६–४ ले पराजित गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।