कोपा अमेरिका कपः टाइब्रेकरमा उरूग्वे स्तब्ध, कोलम्बिया सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     असार २० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

उरूग्वेलाई टाइब्रेकरमा ४–२ ले स्तब्ध पार्दै कोलम्बियाले कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

आज बिहान सम्पन्न पहिलो खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा कोलम्बियालाई जिताउन टोलीका गोलकीपर ओस्पिना नायक बने। कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उरूग्वेका जोसे जिमिनेज र माटियास भिनाको प्रहार रोकेका थिए। कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।