तस्बीरः एजेन्सी
स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन्।
लण्डनमा शनिबार राति इंग्ल्यान्डका क्यामरुन नोरीलाई पराजित गर्दै फेडेररले अन्तिम १६ मा स्थान बनाएका हुन्।
छैटौं वरीयताका फेडेररले नोरीमाथि ६–४,६–४,५–७ र ६–४ को सेटमा जित निकाले।
आठ पटकको च्याम्पियन फेडेररले अब इटालीका लोरेन्जो सोनेगोसँग खेल्ने छन्। २० पटकको ग्राण्डस्लाम विजेता ३९ वर्षीय फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए।
चौंथो वरीयताका जर्मनीका एलेक्स्जेन्डर ज्वेरभले पनि चौंथो चरणमा स्थान बनाएका छन्। महिलातर्फ एन्जलिक केर्बेर र कोको गाउफले चौंथो चरणमा स्थान बनाएकी छिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







