कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९३७ पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

कार्तिक १५ पोखरा । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको ज्यान गुमेको छ ।

हाल सम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संक्रमितको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म बाग्मती प्रदेशमा कोरोनाबाट सबैभन्दा धेरै ४५९ जनाले ज्यान गुमाएका छन् । यस्तै प्रदेश २ मा १५७, लुम्बीनी प्रदेशमा १२७, प्रदेश १ मा ११६, गण्डकी प्रदेशमा ७६, सुदुरपश्चिम प्रदेशमा १७ र कर्णाली प्रदेशमा ११ जना छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।