लगातारको अविरल वर्षापछि गण्डकी प्रदेशको विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण यस प्रदेशमा मात्रै ४ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले दिएको तथ्यांकअनुसार यस प्रदेश अन्तर्गतको तनहँुमा २, कास्कीमा १ र गोर्खामा एक जनाको मृत्यु भएको हो।
त्यस्तै, बाढी पहिरो र डुबानमा परेर तनहुँमा १०, म्याग्दीमा ३, गोरखामा २ र स्याङ्जामा १ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालहरुमा उपचार गरिएको छ ।
त्यस्तै, बाढी पहिरोबाट मनाङमा ६ सय ५६, लमजुङमा ८ र गोरखामा ४ जनाको उद्धार गरिएको छ। उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो।
https://www.nepalpolice.gov.np/index.php/news/latest-news/22701-2021-07-03-11-46-02
केन्द्रीय प्रहरीले दिएको तथ्यांकअनुसार अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढिको कारण ३ हप्तामा देशभर ३४ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परेर देशभर अझै २४ जना वेपत्ता छन्। उनीहरुको खोजीकार्य जारी छ।
बाढी पहिरो र डुबानमा परेर देशभर ४४ जना घाइते छन्। घाइतेहरूलाई विभिन्न अस्पतालहरुमा उपचार गरिएको छ।
त्यस्तै, देशभरको विभिन्न बाढी पहिरो र डुबानमा परेका १२ सय ५० जनालाई उद्धार गरिएको छ। उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।
बाढीको कारण देशभर ३ सय ९७ वटा घर डुबानमा परेका छन्। बाढी पहिरो र डुबानबाट देशैभर ४ सय ९१ घर, ८४ गोठ, ३८ वटा पुल, ३ वटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
१ हजार ४३ वटा घरका ४ हजार ९ सय ५५ जना मानिस विस्थापित भएका छन् भने ८ सय २ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा ३ सय ३० वटा विपद्का घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







