तस्बीरः एजेन्सी
आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको फाइनलमा स्थान बनाएको छ।
आज (मंगलबार) विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १–० ले हराउँदै फाइनल यात्रा गरेको हो।
ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। ब्राजिलले अब भोली (बुधबार) हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग फाइनल खेल्नेछ। फाइनल खेल जुलाई १० मा हुने छ।
ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राजिलले पेरुलाई ४–० ले हराएको थियो। समूह ‘बी’ मा ब्राजिल समूह विजेता र पेरु उपविजेता बन्दै क्वार्टरफाइनल खेलेको थियो। ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए। क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १–० ले हराएको थियो। पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै सेमिफाइनल खेलेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







