फाइल तस्बीर
युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) रातिबाट सुरु हुँदैछ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनले खेल्दैछन्।
इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्। त्यसैले, २ ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ।
इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २–१ गोल अन्तरले हराएको थियो।
तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान पक्का गरेको थियो।
इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा स्पेनले १२ खेल जितेको छ। १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ। पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र २ पटक हराउन सकेको छ। ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित बनेको छ। युरोपियन च्याम्पियनसीपमा २ टिमबीच यो सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







