टोकियो ओलल्पिकको विरोध, हिंशात्मक घटना घट्न सक्ने विशेषज्ञको चेतावनी


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

कोरोना महामारीकै बीच जापानले आयोजना गर्न लागेको टोकियो ओलम्पिक खेल नजिकिदैँ छ।

यद्यपी, ओलम्पिक नजिकिँदै गर्दा यसको विरोध पनि बढ्दो छ। कोरोनाकै महामारीबीच हुन लागेको ओलम्पिक खेल जापानको टोकियोमा कोरोनाको भाइरस फैलने भन्दै विरोध गरिएको छ।

आइतबार आएका विदेशी पाहुनामा कोरोना पुष्टि भएपछि टोकियोवासीमा संक्रमण फैलने डर बढेको हो। सुरक्षा विशेषज्ञले टोकियोमा ओलम्पिकको विरोधमा ठूला प्रदर्शनको तयारी भइरहेको जनाएका छन्। प्रदर्शन हिंसात्मक हुनसक्ने ठूलो संभावना रहेको विज्ञले बताएका छन्। हिंशात्मक प्रदर्शन हुन सक्ने भन्दै टोकियो प्रहरीले सतर्क रहन पनि सचेत गराएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।