विम्बल्डन टेनिसः फेडेरर पनि विम्बल्डनको क्वार्टरफाइनलमा


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

आठ पटकको विजेता रोजर फेडेररले जारी विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

गए राति इंग्ल्यान्डमा सकिएको खेलमा स्विस फेडेररले इटालीका लोरेन्जो सोनेगोलाई ३–० को सोझो सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा पुगेका हुन्।

स्वीट्जरल्यान्डका ४९ वर्षे फेडेररले २३औं वरियाताका सोनेगोलाई ७–५, ६–४, ६–२ को सोझो सेटमा हराएका हुन्।

कीर्तिमानी २१ औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका फेडेररले अब दोस्रो वरीयताका ड्यानियल मेदभेदेभ र पोल्यान्डका हुबर्ट हुर्काजबीचको विजेतासँग क्वार्टरफाइनल खेल्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।