विम्बल्डन टेनिसः साबलेन्का पहिलोपटक ग्रान्ड स्लामको क्वार्टरफाइनलमा


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

दोस्रो वरियाताकी आर्यना साबलेन्काले पनि जारी विम्बल्डन टेनिसको क्वार्टरफाइनल चरणमा स्थान बनाएकी छिन्।

बेलारुसकी साबलेन्काले काजकिस्तानकी एलेना रेबाकिनालाई २–१ को सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनल पुगेकी हुन्।

बेलारूसकी साबलेन्काले ग्राण्ड स्लामको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलोपटक हो। साबलेन्काले १८ औं वरियाताप्राप्त २२ वर्षिया रेबकिनालाई ६–३, ४–६, ६–३ को सेटमा हराएकी हुन्।
२३ वर्षिया साबलेन्काले अब सेमिफाइनल प्रवेशका लागि ट्युनिसियाकी अन्स जेबउरविरुद्ध खेल्नेछिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।