तस्बीरः एजेन्सी
विश्व नम्बर १ एश्ले बार्टीले पनि पहिलो पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्।
अष्ट्रेलियाकी बार्टीले आज (मंगलबार) चेक गणतन्त्रकी बारबोरा क्रेज्कीनोभालाई २–० को सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा पुगेकी हुन्।
२०१९ मा फ्रेन्च ओपनको उपाधि जितेकी बार्टीले क्रेज्कीनोभालाई ७–५, ६–३ को सेटमा हराएकी हुन्।
बार्टीले विम्बल्डनको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। बार्टीले अब अष्ट्रेलियाकै एजला टोमजानोभिकसँग क्वार्टरफाइनल खेल्नेछिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







