तोकिएको समयसीमामै सेना फिर्ता गर्न अमेरिकालाई तालिवान विद्रोहीको अल्टिमेटम


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अफगानिस्तानको तालिबान विद्रोही संगठनले अमेरिकी सेनालाई तोकिएको समयसीमामा फिर्ता हुन अल्टिमेटम दिएको छ।

आगामी सेप्टेम्बरमा फिर्ता हुने बताएको अमेरिकी सेनाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि भन्दै १ हजार फौज अफगानिस्तानमै रहने बताएपछि तालिबानको यस्तो चेतावनी आएको हो।

उसले तोकिएको समयमा फिर्ता नभए अमेरिकी सेना अफगानिस्तान ‘कब्जा गर्ने मनस्थितिमा रहेको’ बुझिने बताएको छ। अमेरिका नेतृत्वको नेटो सैनिक अफगानिस्तानबाट २० वर्षको अभियान अन्त्य गर्ने तयारीमा छ। अमेरिकी सेना फिर्ता हुने दिन नजिकिँदै गर्दा अफगानिस्तानका कयौँ इलाका तालिबानले कब्जा गरिसकेको अधिकारीहरुले बताएका छन्।

साथै, अफगान सुरक्षा बलको काँधमा संपूर्ण सुरक्षाको जिम्मेवारी आउँदा यसबाट निम्तिने खराब अवस्थाको आंकलन गर्दै कतिपय देशले चिन्ता व्यक्त गरेका छन्। तालिबानका प्रवक्ता सुहैल शाहीनले लडाकुको माध्यमबाट अफगानिस्तान कब्जा गर्ने आफूहरुको नीति नरहेको बताएका छन्। उनले कतार सम्झौता विपरीत अमेरिकी सैनिक अफगानिस्तानमै रहे त्यसपछिको अवस्था भयावह बन्ने चेतावनी दिएका छन्।

उनले आफूहरु विदेशी सैनिकविरुद्ध रहेको भन्दै विदेशी कुटनीतिज्ञ, सामाजिक संस्था तथा कर्मचारी र दूतावासविरुद्ध कुनै गतिविधि नगर्ने पनि स्पष्ट पारेका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।