पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ६ को लागि एक थान अक्सिजन कंसनट्रेटर हस्तान्तरण गरेका छन् । मंगलबार एक विशेष कार्यक्रमका बीच पहारीले रु. एक लाख पचास हजार रकम बराबरको सो कन्सनट्रेटर नेकपा एमाले अन्नपुर्ण गाउँपालिका सचिब विवेक देवकोटालाई हस्तान्तरण गरेका हुन् ।
जोय नेपाल संस्थाको सहयोगमा उक्त कन्सनट्रेटर हस्तान्तरण गरिएको सांसद पहारीको सचिवालयले जानकारी दिएको छ । यसअघि सोही संस्थाको सहयोगमा अन्नपुर्ण गाउँपालिकाका वडा नं १० घान्द्रुक, वडा नं ११ छुम्रुंग, वडा नं ५ झोबांगमा एक एक थान कंसनट्रेटर हस्तान्तरण गरिसकिएको र बाँकी अन्य वडाहरुमा पनि क्रमश प्रदान गर्न पहल भैरहेको बताइएको छ ।
सो अवसरमा सांसद पहारीले कोरोना महामारीबाट पिडित आफ्नो निर्बाचन क्षेत्रका जनताको स्वास्थ्य रक्षा आफ्नो पहिलो कर्तव्य र जिम्मेबारी भएको हुदा हरतवरले सहयोग जुटाउन लागिपरेको बताए। आफ्नो आग्रहलाइ सहर्ष स्वीकार गर्दै निरन्तर सहयोगमा जुटेकोमा उनले सहयोगी संस्था जोय नेपाललाई हार्दिक धन्यबाद ब्यक्त गर्दै मानवीय सहयोगमा निरन्तर जुट्न सम्पूर्णमा अपिल समेत गरे ।
उक्त अवसरमा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, मेडिकल काउन्सिलका सदस्य किशोर बिक्रम मल्ल, सहयोगी संस्ठा जोय नेपालका प्रान्जल कायस्थ, नेकपा एमाले कास्कीका सचिवालय सदस्य दाम बहादुर बि. क., नेता बिष्णु के. सी., गाउँपालिका सचिव विवेक देवकोटा, स्काउट कास्कीका संयोजक आशिर्वाद सुवेदी, विद्यार्थी नेता साजन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच सांसद पहारीले पाेखरा ६ बैदाम, नहरमार्गस्थित खहरेचाेक देखि बुलौदी जाने निर्माणाधीन ढलान बाटोको अनुगमन गरेका छन् । आठ सय मिटर लामो उक्त बाटो संसद पहारीको पहलमा चालु आर्थिक बर्ष २०७६ -७७ र २०७७-७८ मा गरी एक करोड ५० लाखको लागतमा निर्माण भैरहेको छ।
अनुगमनमा सांसद पहारीसंगै पुर्वाधार विकास कार्यालयका इन्जिनियर राजेश पौडेल, बाटो निर्माण समितिका तुलसी दाहाल, समितिका पदाधिकारीसहित समाजसेवी, स्थानीयवासी, वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अनुगमन गर्दै पहारीले निर्माण व्यवसायीलाई बाटोको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै योजना समयमै सम्पन्न हुने गरि काम गर्न आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







