तस्बीरः एजेन्सी
तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल म्याराथनमा हिमाल बुढा मगर र हुमी बुढामगरले च्याम्पियन जितेका छन्।
रुकुम पूर्वको भूमे गाउँपालिका–६ महतमा आयोजित ट्रेल म्याराथनमा पुरुषतर्फ भूमे–२ गावाङका १८ वर्षीय हिमाल बुढामगरले निर्धारित ५२ किलोमिटरको दूरी ५ घण्टा, ५३ मिनेट २६ सेकेण्डमा पूरा गर्दै विजेत बने।
त्यस्तै, महिलातर्फ प्युठानकी २२ वर्षीया हुमी बुढामगरले निर्धारित दूरी ८ घण्टा ३२ मितेट ४७ सेकेण्डमा पूरा गर्दै म्याराथनको विजेता बनिन्।
विजेता दुबै हिमाल र हुमीले समान ७५/७५ हजार रुपैयाँ नगद पुरस्कार जिते।
पुरुषतर्फ भूमे–६ का २१ वर्षीय कर्माण बुढामगर दोस्रो बने। कर्माणले निर्धारित दूरी ६ घण्टा, १९ मिनेट, ३९ सेकेन्डमा पूरा गरे। त्यस्तै, पुरुषतर्फ नै रुकुम पश्चिम सानोभेरी गाउँपालिका–३ का २४ वर्षीय अर्जुनकुमार ६ घण्टा २२ मिनेट, ४३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो बने। दोस्रो बनेका कर्माणले ५० हजार र तेस्रो बनेका अर्जुनकुमारले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पारे।
त्यस्तै, महिलातर्फ भूमे–४ की रोजिना बुढामगरले निर्धारित दूरी ८ घण्टा, ३४ मिनेट, ३७ सेकेण्डमा पूरा गर्दै दोस्रो बनिन्। त्यसैगरि, भूमे–३ की १७ वर्षीया निर्मला पुन मगरले निर्धारित दूरी ८ घण्टा, ४० मिनेट ३८ सेकेण्डमा पूरा गर्दै तेस्रो बनिन्। रोजिनाले ५० हजार र निर्मलाले ३० हजार नगद पुरस्कार जिते।
तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल म्याराथनमा रुकुमपूर्व, पश्चिमसँगै रोल्पा, बाग्लुङ, सल्यान, प्युठान, पोखरा, सुर्खेत र सोलुखुम्वुबाट गरी १ सय ८ जना पुरुष र २१ जना महिला गरी १ सय २९ जना धावकहरुले प्रतिस्पर्धा गरेका थिए। रुकुमपूर्व भूमे–६ महतबाट सुरु भएको दौड वडा नम्बर २ र ७ हुँदै छिमेकी जिल्ला रोल्पा थबाङको जलजला पुगि पुनः फर्केर महतसम्मको ५२ किलो मिटर दूरीमा ट्रेल म्याराथनको आयोजना गरिएको थियो।
तत्कालीन नेकपा माओवादी पार्टीले संचालन गरेको १० वर्षे जनयुद्धमा माओवादीका जनमुक्ति सेनाहरू हिँडेको ठाउँलाई समेटेर हरेक वर्ष म्याराथन प्रतियोगिता आयोजना गरिँदै आएको छ। भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भूमे युवा विकास केन्द्रको आयोजनामा अल्ट्रा ट्रेल म्याराथनको आयोजना गरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







