तस्बीरः एजेन्सी
इटलीले जारी युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ। यो जितसँगै इटली उपाधि नजिक पुगेको छ।
आज बिहान इंग्ल्यान्डको वेम्बली स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा ३ पटकको च्याम्पियन स्पेनलाई टाइब्रेकर सुटआउटमा ४–२ ले हराउँदै इटली फाइनलमा पुगेको हो।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर सुटआउटमा धकेलिएको थियो।
खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए। इटलीले सुरुवाती अग्रता जोगाउन सकेन।
पेनाल्टी सुटआउटमा इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन्। स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।
अब इटलीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कको खेल आज राति पौने १ बजे वेम्बली स्टेडियममै हुँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







