तस्बीरः गुगलबाट
विश्व नम्बर १ टेनिस सुन्दरी अस्लेइग बार्टीले विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएकी छिन्।
लण्डनमा मंगलबार अष्ट्रेलियाकी आइला टोमल्जानोभिचलाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी अन्तिम ४ मा पुगेकी हुन्।
२५ वर्षीय बार्टीले टोमल्जानोभिचमाथि ६–१ र ६–३ को सेटमा पराजित गरिन्। बार्टी पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेकी हुन्।
अब बार्टीले जर्मनीकी एन्जलिक केर्बरसँग खेल्नेछिन्। २५ औं वरीयताकी केर्बरले कारोलिना मुचोभालाई ६–२ र ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी छिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







