तस्बीरः गुगलबाट
साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएका छन्।
लण्डनमा बुधबार राति भएको क्वार्टरफाइनल खेलमा हंगेरीका मार्टोन फुक्सोभिसलाई पराजित गर्दै जोकोभिच अन्तिम ४ मा पुगेका हुन्।
विश्व नम्बर १ समेत रहेका सर्बियन जोकोभिचले मार्टोनलाई ६–३,६–४ र ६–४ को सेटमा पराजित गरे। १९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन जित्दै २० औं ग्राण्डस्लाम आफ्नो बनाउने योजनामा रहेका छन्।
जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए। पाँच पटक च्याम्पियन जोकोभिचले सेमिफाइनलमा अब डेनिस शापोभालोभसँग खेल्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







