कार्तिक १५ पोखरा । पोखराको मासबार आमा समुहले स्थापनाको २५ वर्ष पुरा गरेको छ ।
२५ वर्ष पुरा गरेको अवसरमा समुहले प्रकाशित गरेको स्मारिकाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले एक कार्यक्रमका विच विमोचन गरेका छन् ।
स्मारिकाको विमोचन गर्दै मेयर जिसीले आमा समुह मार्फत् महिला सशत्तीकरण गरिरहेका आमाहरु अव आर्थिक सशत्तीकरणका क्षेत्रमा पनि लाग्न अवश्यक भएको बताए ।
उनले समुहको विकृति विसंगति नियन्त्रणदेखि लिएर विकास निमार्णका कार्यमा प्रसंसनिय भूमिका रहेको भन्दै समाजकोे सौन्र्दयीकरणमा लाग्न आग्रह गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालले कारोनाको यो महामारीको समयमा सवै सचेत हुनुपर्ने बताए ।
समुहका सल्लाहकार तथा महानगर सहकारीका संयोजक तेजनारायण अधिकारीले आमा दिदीबहिनीहरुको सक्रियतामा स्मारिका प्रकाशित हुनु नै गौरवको कुरा रहेको बताउनुभयो । उहाँले आमा समुहले अत्यन्तै सर्घष गरेर रजत जयन्ती मनाईरहँदा मासबार आमा समुहले प्रत्यक्ष अप्रत्यक्ष रुपमा महिला शसत्तीकरण गरेको बताए ।
कार्यक्रममा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, पोखरामहानगरपालिका वडा नम्वर ७ का जनप्रतिनिधि प्रभा पन्त, नेपाली काग्रेस वडा इकाई सभापति नविन बराल, महिला विकासका लागि आमा समुहका अध्यक्ष मनमाया बराल, पोखरा पिस क्लवका अध्यक्ष सुजन बराल लगायतले बोलेका थिए । डा. उमानाथ बरालले स्मारिकाकोे समिक्षा गरेका थिए ।
समुहका अध्यक्ष टिकादेवी अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमारी बराल र संचालन सचिव शारदा गिरीले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







