लकडाउन र निषेधाज्ञा समयको बैंकको ब्याज र घरभाडा सरकारले तिरिदिनु पर्छ : परिषद


     एभरेस्ट आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित




पोखरा पर्यटन परिषदले कोरोनाका कारण लगाइएको लकडाउन र निषेधाज्ञाले पर्यटन व्यवसाय धरासायी भएको भन्दै लकडाउन र निषेधाज्ञा अवधीभरको व्यवसायीले लिएको लगानीको बैंक ब्याज र घरभाडा सरकारलाई तिरिदिन आग्रह गरेको छ । परिषदले विहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेको हो । कोरोनाका कारण लगाइएको लकडाउन र निषेधाज्ञाले पर्यटन व्यवसाय थला परेकाले उक्त समयको लगानीको ब्याज र घरभाडा तिर्नसक्ने अवस्था व्यवसायीमा नरहेको भन्दै परिषदले सरकारलाई तिरिदिन आग्रह गरेको हो ।

परिषदले पर्यटन क्षेत्रमा भएको बैंक तथा वित्तिय संस्थाहरुको लगानीको किस्ता र व्याज पर्यटन व्यवसाय सहज रुपमा सञ्चालनमा नआउँदासम्म तिर्न नसक्ने भन्दै सरकारले सहजीकरण गरेर पछि तिर्ने बनाउन परिषदले माग गरेको छ ।

परिषदले सरकारको नीति, कार्यक्रम र बजेट तथा राष्ट्रबैंकले ल्याएको मौद्रिक नीति अविलम्व कार्यान्वयन गर्न माग गरेको छ ।

परिषदले व्यवसाय नविकरण, अध्यावधिक शुल्क, घरभाडा कर, यातायात करसहित पम्पूर्ण पर्यटन व्यवसाय शीर्षकका शु्ल्क तथा दस्तुरहरु पूर्ण रुपमा मिनाहा गर्न माग गरेको छ । साथै परिषदले पर्यटनमा आश्रित मजदुरहरुको सुरक्षाका लागि विशेष राहत र रोजगार सृजनाका प्याकेज ल्याउन माग गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।