बंगलादेशको एक कारखानामा आगलागी, ४९ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असार २६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ। बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो।

रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो। दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ।’

उनले उद्धारकार्य जारी रहेको बताएका छन्। देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने बताएको छ। रुपगंज पुलिस स्टेशनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने मानिसहरु ठूलो संख्यामा त्यहाँ जम्मा भएको बताएका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।