तस्बीरः एजेन्सी
विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि शीर्ष वरीयताकी एसलेघ बार्टी र आठौं वरीयताकी क्यारोलिना प्लिस्कोभाले फाइनल खेल्नेछन्।
अष्ट्रिेलियाकी बार्टीले सेमिफाइनलमा जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन्।
त्यस्तै, चेक रिपब्लिककी प्लिस्कोभाले बेलारुसकी आर्याना साबालेन्कामाथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकाल्दै फाइनलमा बार्टीसँगको भेट पक्का गरिन्।
२५ वर्षीया बार्टीले केर्वरलाई हराउँन १ घण्टा २७ मिनेट खर्चेकी थिइन भने २९ वर्षीया प्लिस्कोभाले साबालेन्कालाई पराजित गर्न एक घण्टा ५३ मिनेट लागेको थियो।
दुवैले पहिलो पटक विम्बल्डनको फाइनलमा खेल्न लागेका हुन्। फाइनल खेल शनिबार हुने छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







