पोखरा लेडी जेसीले एचआईभी प्रभावितलाई खाद्यान्न लगायत अत्यावश्यक सामग्रहरु सहयोग गरेको छ।
पोखरा महानगरपालिका वडा नं ३ को सहयोगमा लेडी जेसिसले सहयोग गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष विनिता शर्मा (कमला) सापकोटाले बताइन्।
पोखरा महानगरपालिका–३ का जनप्रतिनिधिहरु, वडासचिव चन्द्रावती वाग्ले, पोखरा लेडी जेसीजका वर्ष २००७ का अध्यक्ष मिना कुवँर श्रेष्ठ, महिला मञ्चका अध्यक्ष मुना शेरचन र पोखरा लेडी जेसीजका सदस्य लगायतले खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरेका हुन् ।
शर्माका अनुसार एचआईभी पीडितलाई हतोत्साही नहुन, बाँकी जीबन सहज तरिकाले बिताउन र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन संक्रमित ब्यक्तिको मनोबल बढाउने उद्देश्यले प्रभावितहरुलाई जेसीजले सहयोग गरेको हो।
वडासचिव वाग्लेले लेडी जेसीजको कार्यक्रमलाई धन्यबाद दिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







