पोखरा । स्थापना दिवसको अवसरमा मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहरकारी संस्थाले सहयोग हस्तान्त्रण गरेको छ ।
संस्थाले स्थापना भई कारोवार भएको दिनको अवसर पारेर कुँडहर आधारभुत विद्यालयका दृष्टीबिहीन शाखामा अध्यनरत विद्यार्थी तथा कर्मचारीहरुका लागि नगद १२ हजार ५ सय रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष भरत केसीले जानकारी दिए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङलाई सो सहयोग हस्तान्त्रण गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयको बारेमा जानकारी दिएकी थिइन् । कक्षा ८ कक्षासम्म पढाई हुने सो विद्यालयमा १० जना दृष्टिविहिन विद्यार्थी सहित १५ जना शिक्षक कर्मचारी छन् ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष नरेन्द्रबहादुर घिमिरेले सहकारीको बारेमा जानकारी दिए । पोखरा–१४ काजीपोखरीमा कार्यालय रहेको सहकारीले २०७६ असार २६ गते कारोबार सुरु गरेको थियो ।
सहकारीमा ७ सय जना सेयर सदस्य रहेका छन् । यस्तै सहकारीले एकिकृत कृर्षि फर्म समेत सञ्चालन गरिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







