युरोकप फाइनल आज, इंग्ल्याण्ड र इटाली भिड्दै


     एभरेस्ट आवाज    
     असार २७ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति लन्डनको वेम्बली स्टेडियमा हुनेछ।

फाइनलिस्ट घरेलु इंग्ल्याण्ड र इटलीबीचको फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटली भने चौथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्।

इटलीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यसअघि, इटलीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ। इंग्ल्याण्डले डेनमार्कलाई पराजित गर्दै इटलीसँगको भेट पक्का गरेको हो। इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

इंग्ल्यान्ड र इटलीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा इटली हाबी हुँदै आइरहेको छ। इंग्ल्याण्डविरुद्ध इटलीले ११ खेल जितेको छ। इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ। दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।