कोपा अमेरिका जितेपछि मेस्सीले परिवारसँग भिडियो कलबाट खुशी साटे


     एभरेस्ट आवाज    
     असार २७ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकाको उपाधि जितेपछि मैदानबाटै भिडियो कलमार्फत परिवारसँग खुशी साटेका छन्।

मेस्सीले खेल सकिएपछि मैदानबाटै पत्नी एन्टोनेला रोक्कुजोलाई भिडियो कल गरेर खुशी साटेका थिए।

अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई १–० ले हराउँदै उपाधि जितेको थियो। अर्जेन्टिनाको यो २८ वर्षपछि ठूलो उपाधि हो।

मेस्सीको भने राष्ट्रबाट यो पहिलो ठूलो उपाधि हो। यसअघि मेस्सीले अर्जेन्टिनाबाट ओलम्पिकमा फुटबलतर्फ स्वर्ण पदक जितेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।