जि–२० देशहरूलाई कोरोनाको खोप उपलब्ध गराउन राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह


     एभरेस्ट आवाज    
     असार २७ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि २० (ग्रुप २०) का देशहरूलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन्।

विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि २० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताएका हुन्।

उनले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरूका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गरेका हुन्। साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९ का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गरेका छन्।

जि २० का सदस्य देशहरूका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्। उनले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरूलाई आग्रह गरेको बताइएको छ।

अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरूका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरूलाई अपिल गरेका थिए।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।