तस्बीरः गुगलबाट
दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ।
त्यहाँका अधिकारीहरुले शनिबार पनि त्यहाँ चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको समाचारहरुमा जनाइएको छ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन्।
प्राप्त समाचारअनुसार त्यहाँ गएको २४ घन्टा यतामात्रै १ हजार ३ सय ७८ जना कोभिडका संक्रमितहरु भेटिएका हुन्।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ गएको ६ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन्। त्यहाँका अधिकारीहरुले दक्षिण कोरियामा ४ दिनदेखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको बताएका हुन्।
योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६६ हजार ७ सय २२ जना पुगेको बताइएको छ। त्यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ।
त्यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले त्यहाँ कोभिडको चौथो वेभ सुरु भएको पनि बताएका छन्। दक्षिण कोरियामा केही हप्ता अघिसम्म ७ सय भन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन १ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। त्यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला ३ हप्ताको तुलनामा ५४ प्रतिशत बढी देखिएको छ।
यो तथ्यांक आएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए। शनिबार देखिएका यी संक्रमितहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ। कोरिया सरकारले त्यहाँ कोरोनाविरुद्धको खोपको अभियानलाई ब्यापक बनाएको जनाएको छ। त्यहाँ यो संक्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।
सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







