प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभा बैठक अबरुद्ध गरेको छ । असारको अन्तिममा आएर सरकारले गरेको रकमान्तरको फेहरिस्त माग्दै एमालेले सदन अबरुद्ध गरेको हो । कांग्रेस नेतृत्वको सरकारले असार दोश्रो साता १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो ।
असारमा रकमान्तर गरेर सरकारले कार्यकर्ता पोस्ने काम गरेको एमालेको आरोप छ । एमालेले रकमान्तर गर्नुको कारण सोधेको छ । बैठक शुरु भएलगत्तै एमालेका तर्फबाट पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य रामशरण बस्नेतले रकमान्तरको फेहरिस्त नपाएसम्म बैठक अगाडि बढ्न एमालेले नदिने बताए । उनले भने,‘रकमान्तर गर्नुको कारण के हो ? के के योजना छनौट भए ? अनि योजना कसरी छनौट भए ? जवाफ चाहियो । चित्तबुझ्दो जवाफ नआएसम्म हाम्रो पार्टी नेकपा एमालेले सदन अगाडि बढ्न नसक्ने जानकारी गराउँछु ।’
एमाले सांसदहरुले उठेर विरोध जनाइरहेपछि सभामुख नेत्रनाथ अधिकारीले दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
एमालेले रकमान्तर गरेर कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाएको छ । शनिबार आयोजित पत्रकार भेटघाटमा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले रकमान्तर गरेर सरकारले भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाएका थिए ।
असार १ गते बजेट ल्याएपछि आईतबार पहिलोपटक बैठक बोलाइएको थियो । बजेट माथि छलफल गरेर केहि दिनमै पास गर्ने उद्धेश्यले बैठक बोलाइएको हो । शीर्षकगत रुपमा बजेट नल्याएको कांग्रेस नेतृत्वको गठबन्धन सरकारले हालैमात्र रातो र गुलाबी किताव ल्याएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







